Kathmandu Press

आईजीपी नियुक्तका लागि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, असार २३ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तीका लागि तयारी गरिएको छ। यससम्बन्धी निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

आईजीपी नियुक्तका लागि मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फाेटाे

काठमाडौं, असार २३ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तीका लागि तयारी गरिएको छ। यससम्बन्धी निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली भोलि अवकास पाउँदै छन्। उनको ठाउँमा नयाँ महानिरीक्षक नियुक्त गर्नका लागि सरकारले तयारी थालेको हो।

प्रहरी महाननिरीक्षकका लागि दुई जना दाबेदार रहेका छन्। उनीहरु प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री र हरिबहादुर पाल हुन्। दुवै एकै ब्याचका हुन्।

प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय गर्न आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। नियुक्तीसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ।

अहिलेका महानिरीक्षक ज्ञवाली २७औं महानिरीक्षक हुन्। अब २८औं महानिरीक्षकका लागि थापा र पाल प्रतिस्पर्धामा छन्।

महानिरीक्षक नियुक्ती जहिले चर्चामा आउने गरेको थियो। यसपटक भने नेकपाको आन्तरिक बिबादले महानिरीक्षक नियुक्ती ओझेलमा परेको छ।

प्रकाशित मिति: ०९:४९ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्