भारतमा कोरोना संक्रमणबाट २० हजार वढीको मृत्यु
काठमाडौं, असार २३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको ....

काठमाडौं, असार २३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ । संक्रमित संख्याको आधारमा सबैभन्दा धेरै संक्रमित भएको देशमा भारत तेश्रो स्थानमा रहेको छ ।
संक्रमितमध्ये ४ लाख ४० हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:३९ बजे, मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











