Kathmandu Press

‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता 

काठमाडौं, असार २२ :  कोरोना नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गर्न माग राख्दै जारी ‘इनअफ इज इनअफ’ अभियानमा  कांग्रेस सांसद अभिषेक प्रताप शाहसहित १४ जन....

‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता 

काठमाडौं, असार २२ :  कोरोना नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गर्न माग राख्दै जारी ‘इनअफ इज इनअफ’ अभियानमा  कांग्रेस सांसद अभिषेक प्रताप शाहसहित १४ जना सामाजिक अभियन्ताहरुले  समर्थन जनाएका छन्।

 सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले अभियानमा समर्थन जनाएका हुन्।  ‘महामारीको प्रभाकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्य संवेदनशील र सान्दर्भिक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै शिलशिलामा अभियान्ता ईः र पुकार बम खाना र पानीबिना ११ दिन यता सत्याग्रहमा छन्। अभियानका माग र वार्ताप्रति सरकार गम्भीर नदेखिनु चिन्ताको विषय बनेको छ।’

सांसद शाहसहित १४ जना सामाजिक अभियान्ताहरुले अभियानको माग अविलम्ब पूरा गर्न सरकारसँग माग समेत गरेका छन्। ‘अभियान्ता ईः र पुकार बमको स्वास्थ्य स्थितिलाई समेत मध्यनजर गर्दै अभियानका जिम्मेवार मागहरु अबिलम्ब सम्बोधन गर्न सरकारलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्