गाउँपालिकाको प्राविधिक इन्जिनियरसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २२ : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणि ढकालसहित पाँच जनाविरुद्ध भ्रष्टाचर मुद्दा दायर भएको छ।
उन....

काठमाडौं, असार २२ : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणि ढकालसहित पाँच जनाविरुद्ध भ्रष्टाचर मुद्दा दायर भएको छ।
उनीहरुले १५ लाख ५७ हजार ९८२ रुपैयाँ आर्थिक अनियमितता गरेको भन्दै विषेश अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
सुरुमा अख्तियारमा कोन्ज्योसोम गाउँपालिका ५ का वडाअध्यक्षले आफ्नो वडामा पर्ने बालेश्वरी माविको निर्माण गर्दा पटक–पटक रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
सो उजुरीबारे अनुसन्धान गर्ने क्रममा विद्यालय भवनको निर्माणको मुल आर.सी.सी. संरचनामध्ये भवनको पिलर, टाइ विमलगायत ढलानका लागि ठेक्का दिइएको थियो। सम्झौता अनुसारको काम नगरी गुणस्तरहिन निर्माण कार्य गर्दा पनि भुक्तानी दिएको भन्दै मुद्दा दायर गरेको हो। गाउँपालिकाका प्राविधिकहरु इन्जिनियर ढकाल र सव–इन्जिनियर अशोक रोकायले सरकारलाई हानी नोक्सानी पु¥याएको अख्तियारको आरोप छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारवाहीको माग गरिएको छ। साथै निर्धारित सर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैंया श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।











