बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक पक्राउ
जनकपुरधाम, असार २२ : धनुषामा बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका....
जनकपुरधाम, असार २२ : धनुषामा बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चनकुमारी पजियारको बलात्कार र हत्याको अभियोगमा भारतको उत्तर प्रदेशको मलिहाबाद जिल्लाको काकोरी बस्ने ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो।
पक्राउ परेका सिंह सोही ठाउँस्थित मिश्र र चौधरीको उद्योगमा विगत चार पाँच महिनादेखि कार्यरत रहेका छन्।
यही असार १७ गते भैंसी चराउन गएकी कञ्चनलाई आँप दिने बहानामा सिंहले ललाइफकाई लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। सो उद्योगको पछाडिको भागमा अवस्थित आँपको बगैँचामा बलात्कार गरी हत्या गरेको सिंहले स्वीकार गरेको बताइएको छ।
असार १७ गते बेपत्ता भएकी कञ्चनको शव असार १९ गते शुक्रबार दुधमती नदीको किनारमा शव फेलापरेको थियो। सो शवका साथै एक थान कम्बल पनि प्रहरीले बरामद गरेको थियो।