विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ
भोजपुर, असार २२ : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गा....

भोजपुर, असार २२ : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो।
संगठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको हो। राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











