Kathmandu Press

तुलसीपुर कारागारका एक कैदीको मृत्यु

दाङ, असार २२ : तुलसीपुर कारागारका एक कैदीको मृत्यु भएको छ। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका ४ का ६९ वर्षीय अमिर....

तुलसीपुर कारागारका एक कैदीको मृत्यु

दाङ, असार २२ : तुलसीपुर कारागारका एक कैदीको मृत्यु भएको छ। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका ४ का ६९ वर्षीय अमिरुल्ला मुसलमानको  उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए। उनले भने, ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो।’ कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो। कपिलवस्तु कारागारमा रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो।

उनको शव आफन्तले बुझिसकेका छन्। 

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्