Kathmandu Press

आत्महत्याको फेसबुक लाइभ शेयर नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, असार २२ : स्वास्थ तथा जनसंख्या मन्त्रालयले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका भिडियोहरु शेयर नगर्न अनुरोध गरेको छ। 

यस्ता भि....

आत्महत्याको फेसबुक लाइभ शेयर नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, असार २२ : स्वास्थ तथा जनसंख्या मन्त्रालयले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका भिडियोहरु शेयर नगर्न अनुरोध गरेको छ। 

यस्ता भिडियोले मानिसलाई आत्महत्या गर्न प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भन्दै शेयर नगर्न र देखेपछि तत्काल रिपोर्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो। 

'आत्महत्याको सोच वा योजना गम्भीर भावनात्मक संकट हो जुन जोकोहीलाई पनि यस्तो सोच आउन सक्छ,' नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, 'यदी केही समस्या छ भने परिवारको विश्वासिलो सदस्य र साथीभाइसँग आफ्नो कुरा शेयर गर्नुहोस।'

पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका थिए।

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्