Kathmandu Press

घरबाहिर निस्कदा मास्क नलगाउनेलाई प्रहरी पक्राउ गर्ने

काठमाडौं, असार २२ : घरबाट बाहिर निस्कदा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ। 

सोमबार गृह मन्त्रालयले मास्क नलगाएर घ....

घरबाहिर निस्कदा मास्क नलगाउनेलाई प्रहरी पक्राउ गर्ने
फाइल

काठमाडौं, असार २२ : घरबाट बाहिर निस्कदा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ। 

सोमबार गृह मन्त्रालयले मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकाले बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको बताए। 

उनका अनुसार बिनामास्क बाहिर निस्किए संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही हुनेछ। यो नियम सोमबारदेखि नै लागू भइसकेको उनले बताए। 

काठमाडौं उपत्यकामा पछिल्लो केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। काठमाडौं उपत्यकामा अन्य जिल्लाबाट भित्रिनेको संख्या बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि गृह मन्त्रालयले आग्रह गरेको छ। 
 

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्