Kathmandu Press

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोनाको संक्रमण 

काठमाडौं, असार २२ :  काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार ललितपुरकाे पाटन अस्पताल र म....

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोनाको संक्रमण 

काठमाडौं, असार २२ :  काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार ललितपुरकाे पाटन अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा कोरोनाको संक्रमण भेटिएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ९  सय ६४ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ८ सय  ११ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २६४ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्