Kathmandu Press

सडक विभागका इञ्जिनीयरविरुद्ध एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असार २२ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध भ्रष्टाचारको मुद्द....

सडक विभागका इञ्जिनीयरविरुद्ध एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा दायर
फाइल

काठमाडौं, असार २२ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले इञ्जिनीयर यादवविरुद्ध १ करोड ५ लाख ११ हजार ७२ रुपैयाँ भ्रष्टाचारको मुद्दा सोमबार विशेष अदालतमा दायर गरेको हो। सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकाश पाउँदासम्मको अवधिमा उनले १ करोड २ लाख ७४ हजार ७३९ रुपैयाँ गैरकानूनीरुपमा आयआर्जन गरेको अख्तियारको दाबी छ।

२०४७ साल असार १२ गते इञ्जिनीयर पदमा स्थायी नियुक्ति पाएका यादवले ०७४ साल फागुन १६ गते सुपरिटेन्डेट इञ्जिनीयरबाट अवकाश पाएका थिए। 

यादवले श्रीमती राधाकुमारी यादव र छोरी आँचल यादवको नाममा जग्गा खरिद गरेको पाइएको छ। यादवको वैध आय १ करोड २ लाख ७४ हजार ७३९ रुपैयाँको रहेको र आयभन्दा बढी खर्च गरेको १ करोड ५ लाख १ हजार ७२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग पत्रमा उल्लेख छ। 

अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन¸ २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन– २०५९ अनुसार कारवाहीको माग गरेको छ।
 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्