Kathmandu Press

पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाडौं, असार २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ।....

पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाडौं, असार २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए।

मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरे। त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियन नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए।

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्