Kathmandu Press

गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २२ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएक....

गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २२ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सोमबार थप १७ जनामा संक्रमण पुष्टि भएको हो। 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार संक्रमितहरुमा लमजुङका ११, कास्कीका एक र बागलुङका पाँच जना रहेका छन्। जसमध्ये दुुई महिला र १५ पुरुष रहेका छन्। 

नयाँ संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ।

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्