आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गर्न नसकिने भन्दै सरकारले दि...." />आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गर्न नसकिने भन्दै सरकारले दि...." />आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गर्न नसकिने भन्दै सरकारले दि....">

पीसीआर गर्न नसकिने भन्दै सरकारले दिएको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, असार २२ :आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गर्न नसकिने भन्दै सरकारले दि....

पीसीआर गर्न नसकिने भन्दै सरकारले दिएको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, असार २२ :आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गर्न नसकिने भन्दै सरकारले दिएको निवेदन (भ्याकेट)माथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

साेमबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनवाइ हुन लागेको हो। सर्वोच्चले आइसोलेसनमा रहेका सबै संक्रमितको पीसीआर परीक्षण गरी निको भएपछि मात्रै घर पठाउन आदेश दिएको थियो। त्यसविरुद्ध सरकारले असार १४ गते निवेदन दर्ता गराएको थियो।  

आइसोलेसनमा राखिएका बिरामीलाई निश्चित अवधिपछि पीसीआर परीक्षणबिना घर पठाउने गरि स्वास्थ्य मन्त्रालयले जेठ २० गते नयाँ निर्देशिका जारी गरेको थियो।

निर्देशिका खारेजीको मागसहित अधिवक्ताहरु सन्तोष भण्डारी र सुजन नेपाललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गरेर मात्रै घर पठाउनु भन्दै अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति: १४:३८ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्