कमल थापाको प्रश्न- रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?
काठमाडौं, असार २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित नगर्....

काठमाडौं, असार २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन्।
सरकार ढलाउन भारतीय राजदूत र बचाउन चिनियाँ राजदूत सक्रिय भएकोप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्– यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?’
ट्वीटरमा ट्वीट गर्दै थापाले स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने बताएका छन्। ‘ प्रम ओली भन्नुहुन्छ–सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोेतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन,’ थापाले ट्वीटमा भनेका छन्।
प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन।के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?राष्ट्रियता जोगाउन सक्छ?स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन
— Kamal Thapa (@KTnepal) July 6, 2020
उनले विगतमा सबै तिरबाट गल्ती भएको र त्यसबाट पाठ सिकेर आत्मालोचना गर्ने प्रस्ताव पनि गरेका छन्। ‘पूर्वाग्रहबाट माथि उठौं। विगतमा सबैबाट गल्ती भएका छन्। गल्तीबाट पाठ सिकौं, आत्मालोचना गरौं। बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गरौं। कसैले जित्ने,कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं,’ थापाले भनेका छन्।











