दैलेखका नौ जना जनप्रतिनिधि र कर्मचारीमा कोरोना
दैलेख, असार २२ : दैलेखमा जनप्रतिनिधि र कर्मचारी गरि नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक....

दैलेख, असार २२ : दैलेखमा जनप्रतिनिधि र कर्मचारी गरि नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये दुई जना जनप्रतिनिधि र सात जना कर्मचारी रहेको जिल्ला अस्पतालले जनाएको छ।
जिल्ला असपतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार संक्रमित हुनेमा एक जना वडाध्यष र एक जना मलिा जनप्रतिनिधि छन्। त्यस्तै, अन्य सात जना कर्मचारी रहेका छन्।
कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ। सातै जना कर्मचारी घरमै र जनप्रतिनिधिलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण गरिउको थियो। नगरपालिकाले ४८ जनाको कोरोना परीक्षण गरेको थियो। जसमध्ये नौ जनामा संक्रमण देखिएको हो।











