Kathmandu Press

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा रहेका ६७ को रिपोट नेगेटिभ

स्याङ्जा, असार २२ : कोरोना भाइरसको संक्रमणबाट स्याङ्जामा मृत्यु भएका युवकको सम्पर्कमा रहेका ६७ जनाको रिपोट नेगेटिभ आएको छ।

स्याङ्जाका कोरोना....

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा रहेका ६७ को रिपोट नेगेटिभ

स्याङ्जा, असार २२ : कोरोना भाइरसको संक्रमणबाट स्याङ्जामा मृत्यु भएका युवकको सम्पर्कमा रहेका ६७ जनाको रिपोट नेगेटिभ आएको छ।

स्याङ्जाका कोरोना संक्रमित युवकको असार १० गते उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो। उनको सम्पर्कमा रहेका परिवारजन, आफन्त तथा छरछिमेकीको स्वाब संकलन गरिएको थियो। उनीहरु सबैको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए।

आँधीखोला गाउँपालिकामा व्यवसाय गर्दै आएका उनको सम्पर्कमा ६७ जना आएको देखिएको थियो। उनीहरु सबैको स्वाब संकलन गरेर पठाइएको थियो। आइतबार साँझ आएको रिपोर्टमा कसैमा पनि कोरोना नदेखिएको उनले बताए।

ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार ८ गते उपचारका लागि पोखरा लगिएको थियो। पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा असार १० गते मृत्यु भएको थियो।

प्रकाशित मिति: १२:०० बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्