Kathmandu Press

विश्वमा दैनिक डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै

काठमाडौं, असार २२ : संसारभर केही दिनयता दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिन थालेका छन्। जसमा अमेरिका, ब्राजिल र भारत अग्रस्थानमा छन्।

आज बि....

विश्वमा दैनिक डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै

काठमाडौं, असार २२ : संसारभर केही दिनयता दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिन थालेका छन्। जसमा अमेरिका, ब्राजिल र भारत अग्रस्थानमा छन्।

आज बिहानै पनि संसारभर १२ हजार चार सय ६२ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या एक करोड १५ लाख ६३ हजार चार पुगेको छ। गत २४ घन्टामा एक लाख ७५ हजार चार सय ९९ संक्रमित थपिएका छन्।

सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिदै आएका छन्। गत २४ घन्टामा ४४ हजार संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार नौ सय २८ पुगेको छ।

अमेरिकाम अहिलेसम्म एक लाख ३२ हजार पाँच सय ६९ जनाको मृत्यु भएको छ। अझै १६ हजार ३८ जना गम्भीर रहेका छन्। अहिलेसम्म १२ लाख ८९ हजार पाँच सय ६४ जना निको भएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा पनि दैनिक २५ हजारभन्दा बढी संक्रमित थपिइदै आएका छन्। गत २४ घन्टामा मात्रै २६ हजार दुई सय नौ जनामा कोरोना देखिएको छ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या १६ लाख चार हजार पाँच सय ८५ पुगेको छ। जसमा ६४ हजार नौ सय जनाको ज्यान गएको छ।

तेस्रो नम्बरमा पुगेको भारतमा पनि केही दिनयता दैनिक २० हजारभन्दा बढी संक्रमित देखिइदै आएका छन्। गत २४ घन्टामा २३ हजार नौ सय ३२ संक्रमित थपिएका छन्।

भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार आठ सय ३६ पुगेको छ। कोरोनाबाट १९ हजार सात सय जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।

रुसमा पनि भारतकै हाराहारीमा ६ लाख ८१ हजार दुई सय ५१ जनामा कोरोना देखिएको छ। अहिलेसम्म कोरोनाबाट १० हजार एक सय ६१ जााको मृत्यु भएको छ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ। अहिलेसम्म कोरोनाबाट ३४ जनाको ज्यान गएको छ। नेपालमा ६ हजार पाँच सय ४७ जना निको भएका छन्।

प्रकाशित मिति: ११:४३ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्