Kathmandu Press

आजदेखि ५० रुपैयाँको नयाँ नोट आउँदै

काठमाडौं, असार २२ : नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको छ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको....

आजदेखि ५० रुपैयाँको नयाँ नोट आउँदै

काठमाडौं, असार २२ : नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको छ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। त्यस्तै, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा.चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ।

केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अंग्रेजी रोमनमा लेखिएको छ। नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ।

प्रकाशित मिति: १०:०४ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्