नेकपाको स्थायी कमिटी बैठक आजपनि बस्दै
काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आजपनि बस्दैछ । पार्टीभित्र वढेको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय क....

काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आजपनि बस्दैछ । पार्टीभित्र वढेको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय कपी ओली र प्रचण्ड छलफलको तयारीमा रहेका छन् ।
ओली र दाहालले हिजो गठन गर्नुभएको अनौपचारिक कार्यदलले दिने सुझावका आधारमा विवाद समाधानको प्रयास गरिंदैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना रहेको छ ।
पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो ।











