Kathmandu Press

नेकपामा विवाद बढेपछि चिनियाँ राजदूत यान्छीको सक्रियता 

काठमाडौं, असार २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद वढिरहेका बेलामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छ....

नेकपामा विवाद बढेपछि चिनियाँ राजदूत यान्छीको सक्रियता 

काठमाडौं, असार २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद वढिरहेका बेलामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् ।

आइतबार साँझ मात्र यान्छीले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको निवासमै पुगेर भेटवार्ता गरेकी छिन् । पहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसपछि नेपाललाई भेटेकी हुन् ।

वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको हो । करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत यान्छीको समेत सक्रियतापछि साम्य भएको चर्चा गरिएको थियो ।

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्