Kathmandu Press

देशभर मौसममा बदली, मध्यमदेखि भारी बर्षाको सम्भावना 

काठमाडौं, असार २१ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम बदली रहने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्ड....

देशभर मौसममा बदली, मध्यमदेखि भारी बर्षाको सम्भावना 

काठमाडौं, असार २१ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम बदली रहने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ । प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै आज राति देशभर साधारणतया मौसम बदली रहनेछ ।

प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: ०७:०२ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्