Kathmandu Press

सर्वोच्चले भन्यो- चिकित्सा आयोगका उपाध्यक्षको नियुक्ति वदरबारेको निवेदन दरपिटको कारण पेश गर्नू 

काठमाडौं, असार २१ : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको योग्यता नपुगेको भन्दै परेको रिट निवेदन दरपिट गरेको विषयमा सर्वोच्चले आधार र कारण पेश ....

सर्वोच्चले भन्यो- चिकित्सा आयोगका उपाध्यक्षको नियुक्ति वदरबारेको निवेदन दरपिटको कारण पेश गर्नू 

काठमाडौं, असार २१ : राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको योग्यता नपुगेको भन्दै परेको रिट निवेदन दरपिट गरेको विषयमा सर्वोच्चले आधार र कारण पेश गर्न आदेश गरेको छ। 

अघिल्लो हप्ता न्यायधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निवेदन किन दरिपिट गरेको हो त्यसको आधार र कारण पेश गर्न आदेश गरेको हो। ‘यसमा के कसो भएको हो? दरपिट गर्दाका बखतका आधार र कारण सहितको सम्पूर्ण विवरण खुलाएर कैफियत प्रतिवेदन गर्नुहोला,’ आदेशमा भनिएको छ। 

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन लिएर गएका थिए। तर सर्वोच्च प्रशासनले उक्त रिट निवेदन दरपिट गरेको थियो।

दरपिटपछि भण्डारीले उक्त निवेदन दर्ता गरिपाउँ भनी बेन्चमा गएका थिए।
 

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्