Kathmandu Press

चिसो मौसमको कारण नेपालमा सलहको क्षति कम

काठमाडौं, असार २१ : असारको दोस्रो साता भारतबाट नेपाल प्रवेश गरेको सलहले अन्य देशको तुलनामा नेपालमा कम क्षति पुर्याएको छ। एक हप्ताको अवधिमा सलहले ११ हज....

चिसो मौसमको कारण नेपालमा सलहको क्षति कम

काठमाडौं, असार २१ : असारको दोस्रो साता भारतबाट नेपाल प्रवेश गरेको सलहले अन्य देशको तुलनामा नेपालमा कम क्षति पुर्याएको छ। एक हप्ताको अवधिमा सलहले ११ हजार हेक्टर जमिनमा लगाएको बाली मात्र नष्ट गरेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। 

भारतको तुलनामा नेपालमा चिसो हावा भएको कारण सलह फैलन नसकेको कृषि विज्ञ कृष्ण पौडेल बताउँछन्। वर्खा र हावाको वेगले चिसो ठाउँतिर सलह लगेको कारण तत्काललाई समस्या टरेको उनले बताए।

‘नेपालको मौसम समय समयमा परिवर्तन भइराख्छ।’ उनले भने, ‘तत्कालको समस्या टरेपनि पुन मौसम परिवर्तन भएपछि ठुलो संख्यामा सलह नेपाल भित्रिन पनि सक्छ।’

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार उत्तरतर्फको चिसो हावाको कारण सलह मरेकोले संख्यामा कमी आएको हो। १५ डिग्रीभन्दा कम तापक्रममा सलह बाच्न नसक्ने भएकोले वर्षातको समयमा चिसोको सहल मरेको हुनसक्ने केन्द्रका सुचना अधिकारी राम कृष्ण सुवेदी बताउँछन्।

शनिबार रुकुम, कालिकोट, बागलुुङ र मुस्ताङसम्म सलह पुगेकोे थियो। चिसोका कारण बागलुङको ढोरपाटनमा सलहको सानो झुन्ड नै मृत फेला परेको उनले बताए।

सलह नेपालका ५३ जिल्लामा फाट्फुट देखिएपनि झुण्डको रुपमा २६ जिल्लामा पुगेको केन्द्रको तथ्यांकमा उल्लेख छ। 

सुवेदीका अनुसार सलहले धेरै नोक्सान पारेको जिल्ला मकवानपुर, प्युठान, दाङ र अर्धाखाँची हो। हालसम्म संकलित तथ्यांकमा सलहले किसानहरुको पुरै बाली नष्ट गरेको छैन। कतै १० प्रतिशत, कतै २५ प्रतिशत गरी विभिन्न स्थानको ११ हेक्टर जमिनमा लगाएको बाली नोक्सान पुर्याएको केन्द्रले जनाएको छ। उत्तरतर्फ हावा चलेका कारण भारतमा रहेको सलहको झुन्ड अब राजस्थान तिर जाने केन्द्रको अनुमान छ। 

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्