Kathmandu Press

नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धकविरुद्ध ५५ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असार २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजारस्थित नेपाल बैंक लिमिटेड शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध भ्र....

नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धकविरुद्ध ५५ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, असार २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजारस्थित नेपाल बैंक लिमिटेड शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बैंकको सिस्टम ह्याक गरेर करिब ५५ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले आइतबार कोइरालाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। डिल्लीबजार शाखाको प्रमुख रहँदा कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनले नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका पैसा अनाधिकृत रुपमा ५४ लाख ८४ हजार ४५ रुपैयाँ खर्च गरेका थिए।

रकम आफ्नो विभिन्न खातामा जम्मा गरी बैंक डुबाउने  काम गरेको भन्दै अख्तियारले कोइरालाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विगो, जरिवाना र दण्डसजायको मागसहित भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्