रसुवाका ९ जना कोरोनामुक्त भई घर फर्किए
काठमाडौं, असार २१ : रसुवाको नौकुण्ड गाउँपालिकाका नौजना कोरोनामुक्त भएका छन्। पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आइतबार घ....

काठमाडौं, असार २१ : रसुवाको नौकुण्ड गाउँपालिकाका नौजना कोरोनामुक्त भएका छन्। पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आइतबार घर फर्किएका हुन्।
भारत र कुवेतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुमा असार १३ गते कोरोना पुष्टि भएको थियो।
रसुवामा हालसम्म एक सय आठजनाको पीसीआर परीक्षण गरिएको छ।
आज २१ जना डिस्चार्ज भएपछि जिल्लामा अब एकजना मात्र कोरोना संक्रमित रहेका छन्।
प्रकाशित मिति: १६:४५ बजे, आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











