Kathmandu Press

काठमाडौंमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २१ : काठमाडौंमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, व....

काठमाडौंमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २१ : काठमाडौंमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पाँच जना र वीर अस्पतालको प्रयोगशालामा एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ७  सय ८४  पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर १२३ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्