Kathmandu Press

कर्णाली प्रदेश अस्पतालका दुई चिकित्सक कोरोनामुक्त

काठमाडौं, असार २१ : कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई कोरोना संक्रमित चिकित्सक डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा बसेका ....

कर्णाली प्रदेश अस्पतालका दुई चिकित्सक कोरोनामुक्त

काठमाडौं, असार २१ : कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुई कोरोना संक्रमित चिकित्सक डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा बसेका चिकित्सक अब एक हप्तापछि काममा फर्कने भन्दै आज डिस्चार्ज भएका हुन्।

असार ११ गते उनीहरुमा संक्रमण पुष्टि भएको थियो।

कर्णालीमा २३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये अधिकांश निको भएर पुन काममा फर्किसकेका छन्।

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्