Kathmandu Press

पीसीआर परीक्षणबारे सर्वोच्चको आदेश रद्द गर्न सरकारले दियो निवेदन, सुनुवाइ भोलि हुने

काठमाडौं, असार ३१ : आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गरेरमात्रै घर पठाउन सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न सरकारले निवेदन दिएको छ....

पीसीआर परीक्षणबारे सर्वोच्चको आदेश रद्द गर्न सरकारले दियो निवेदन, सुनुवाइ भोलि हुने

काठमाडौं, असार ३१ : आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गरेरमात्रै घर पठाउन सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न सरकारले निवेदन दिएको छ।

आइसोलेसनमा रहेका सबै बिरामीको पुनः पीसीआर परीक्षण गर्न नसकिने भन्दै सर्वोच्चको अन्तरिम आदेश रद्द गर्न माग गर्दै सरकारले निवेदन दर्ता गराएको हो।  गत असार १४ गते दर्ता गराएको निवेदनमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दैछ। 

आइसोलेसनमा राखिएका बिरामीलाई निश्चित अवधिपछि पीसीआर परीक्षणबिना घर पठाउने निर्णय गत जेठ २० गते स्वास्थ्य मन्त्रालयले गरेको थियो। तर, सरकारको अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइसोलेसनमा रहेका सबै बिरामीको पीसीआर परीक्षण गरेर मात्रै घर पठाउन गत असार ८ मा आदेश दिएको थियो।

सरकारले पीसीआर परीक्षणबिनै निश्चित अवधिपछि घर पठाउने निर्णय गरेपछि अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे, लक्ष्मी (नानी) थापा र कृतिनाथ शर्माले सर्वोच्चमा रिट दायर गरेका थिए। ‘आइसोलेसनमा रहेका बिरामीलाई बिना परीक्षण घर फर्काउने कुरा अमानवीय भएको र आफू स्वस्थ छु भन्ने कुरामा आश्वस्त पार्नु राज्यको कर्तव्य भएको हो,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको थियो।
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्