Kathmandu Press

बागलुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २१ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

बागलुङको क्वारेन्टाइनमा आइतबार बिहान निधन भएका २....

बागलुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २१ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

बागलुङको क्वारेन्टाइनमा आइतबार बिहान निधन भएका २९ वर्षीय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डा. विनोदविन्दु शर्मा जानकारी दिए।

ती युवक भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसिरहेका थिए। ती युवक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। 

यसअघि शनिबारमात्रै गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो।
 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्