Kathmandu Press

गाेंगबुकाे ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट

काठमाडौं, असार २१ : काठमाडौंको गाेंगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्। आज बिहान ३ बजे काठमाडौं महानगरपालिका&ndash....

गाेंगबुकाे ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट

काठमाडौं, असार २१ : काठमाडौंको गाेंगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन्। आज बिहान ३ बजे काठमाडौं महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा– ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो। 

आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी शंकास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। शुरुमा एउटा माइक्रोबाट सल्किएको आगो बिस्तारै आठ वटा माइक्रोमा फैलिएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ। 

गाेंगबुबाट गएको प्रहरी टोली र स्थानीयले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए। 

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्