Kathmandu Press

कालीकोटमा पहिराेमा पुरिएर एक महिलाको मृत्यु

मान्मा, असार २१ : नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ। माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार ....

कालीकोटमा पहिराेमा पुरिएर एक महिलाको मृत्यु

मान्मा, असार २१ : नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ। माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीय ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो।

गोठालो गएकी बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए। 'भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर बटालालाई बगाएको हो,' उनले भने, 'उहाँको घटनास्थलमै मृत्यु भयो।  प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर  बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।'

यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ। प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको ६ कोठे वडा कार्यालयको भवन पहिरोले पुरेको छ। 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्