Kathmandu Press

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

काठमाडौं, असार २१ : चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उज....

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

काठमाडौं, असार २१ : चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन्। ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन्। 

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिइन्। 

Hardik ivf

नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ। 'हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौँ,' उनले भनिन्। नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ।

उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताइन्।

नगरपालिकाले मुद्दाको टुंगो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ। ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ। नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गर्दै लैजाने उनले बताइन्।

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्