ओली-प्रचण्डबीच छलफल सुरु, दुवै पक्षबाट तीन-तीन नेता सहभागी
काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ।&n....

काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा दुई पक्षका तीन-तीन जना नेताहरु सहभागी छन्। छलफलमा प्रधानमन्त्री ओलीसँगै महासचिव विष्णु पाैडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा प्रचण्डसहित स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुन सहभागी छन्।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन अध्यक्ष प्रचण्डसहित बहमुत स्थायी कमिटी सदस्यहरुले माग गरेका छन्। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेपछि नेकपा विभाजनको संघारमा पुगेको छ।
विवाद चर्किँदै गएपछि स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।











