प्रचण्डसहित शीर्ष तीन नेताले राष्ट्रपतिलाई भने- महाअभियोगको हल्ला निराधार हो
काठमाडौं, असार २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला....

काठमाडौं, असार २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका छन्।
आइतबार बिहान शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरुले महाअभियोगको हल्ला निराधार रहेको बताएका हुन्। राष्ट्रपतिसँगको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै योजना नभएको बताएका थिए।
स्रोतका अनुसार नेताहरुले राष्ट्रपतिलाई महाअभियोगको अफवाह बालुवाटारबाटै फैलाइएको बताएका थिए। राष्ट्रपतिलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल शीतलनिवास पुगेका थिए।
यसअघि शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँगको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र बुनिएको बताएका थिए।
राष्ट्रपतिसँगको भेटवार्तापछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।











