Kathmandu Press

बढ्दै छ सुदूरपश्चिममा कोरोनाका ‌संक्रमित

घनगढी, असार २१ : सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महा....

बढ्दै छ सुदूरपश्चिममा कोरोनाका ‌संक्रमित

घनगढी, असार २१ : सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार गतहप्तासम्म प्रदेशमा कूल संक्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म संख्या बढेर तीन हजार ४६९ पुगेको छ।

दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम र बझाङमा संक्रमणको दर बढ्दै गएको छ। हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ संक्रमित रहेका छन्। 

यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ संक्रमित रहेका छन्। 

कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ। शनिबारसम्म प्रदेशमा २२ हजार १४७ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन्। 

बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग संक्रमणको जोखिम पनि बढेको छ। प्रदेशमा अधिक संख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवामा संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्