राष्ट्रपतिसँग ५० मिनेटको कुराकानीपछि फर्किए प्रचण्डसहित नेकपाका वरिष्ठ नेताहरु
काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ न....

काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल फर्किएका छन्। झण्डै ५० मिनेटको कुराकानीपछि नेताहरु फर्किएका हुन्।
नेकपाभित्र संकट उत्पन्न भएपछि बिहान ११ बजे राष्ट्रपतिसँगको परामर्शका लागि उनीहरु शितल निवास पुगेका थिए।
यसपछि प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता गर्दैछन्।
प्रकाशित मिति: १२:१५ बजे, आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











