Kathmandu Press

एक सय २८ केजी लागूऔषध गाँजासहित दुई पक्राउ

मकवानपुर, असार २१ : जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २८ केजी लागूऔषध गाँजासहिच दुई जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय....

एक सय २८ केजी लागूऔषध गाँजासहित दुई पक्राउ

मकवानपुर, असार २१ : जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २८ केजी लागूऔषध गाँजासहिच दुई जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। 

उनका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज  जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरमा लुकाईछिपाई लागूऔषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो। प्रहरीले सो ट्यांकरका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: १२:०३ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्