मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, चार घाइते
जनकपुरधाम, असार २१ : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ठक्करबाट अन्य चार जना घाइते भएका छन्।
मृत्युहुनेमा स्....

जनकपुरधाम, असार २१ : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ठक्करबाट अन्य चार जना घाइते भएका छन्।
मृत्युहुनेमा स्थानीय १४ वर्षीय जुगल मुखिया रहेका छन्।
बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका पाँच जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र महतोको टाउकोमा चोट लागेको छ।साथै, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देबेन्द्र पासवान घाइते पनि घाइते भएका छन्।
घाइतेहरुको सर्लाहीकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:५५ बजे, आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











