प्रचण्डसहित नेकपाका वरिष्ठ नेताहरु राष्ट्रपति भेट्न शितल निवास पुगे
काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेत....

काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शितल निवास पुगेका छन्।
नेकपाभित्रको विवाद चर्किँदै गएपछि उनीहरु राष्ट्रपतिलाई भेटन बिहान ११ बजे शितल निवास पुगेका हुन्।
प्रधानमन्त्री तथा अर्का अध्ययक्षसमेत रहेका केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा मागेका नेताहरु राष्ट्रपति भवन पुगेको स्रोतले बताएको छ।
यसअघि शनिबार प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए।
राष्ट्रपतिसँग छलफल गरेर फर्किएका ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।











