Kathmandu Press

नेकपाका दुई अध्यक्षबीच छलफल जारी

काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आज पनि भेटवार्ता जारी छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई....

नेकपाका दुई अध्यक्षबीच छलफल जारी

काठमाडौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आज पनि भेटवार्ता जारी छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीमाथि स्थायी समिति बैठकमा राजीनामा दिन दबाब बढेपछि नेकपाभित्र विवाद चुलिएको छ। कुनै पनि हालतमा आफु दुबै पदबाट राजीनामा नदिने ओलीको अडान छ। तर कुनै एक पदबाट ओलीले राजीनामा दिनुपर्ने इतर समुहकाे दबाब छ। 

सोही कारण एक दिनका लागि स्थायी समितिको बैठकसमेत रोकेर दुई अध्यक्षबीच छलफल गर्ने निर्णय बिहीबारको बैठकले गरेको थियो।  तर दुई अध्यक्षबीचको छलफलबाट केही निश्कर्ष ननिस्किएपछि स्थायी समितिको बैठक सोमबारसम्मको लागि स्थगित गरिएको छ। 

प्रकाशित मिति: ११:१५ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्