Kathmandu Press

बन्चरोले प्रहार गरी छिमेकीको हत्या

महेन्द्रनगर, असार २१ : बन्चरो प्रहार गरी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का एक युवकले छिमेकीको हत्या गरेका छन्।

गएराति ४७ वर्षीय गोरखबहादुर ....

बन्चरोले प्रहार गरी छिमेकीको हत्या

महेन्द्रनगर, असार २१ : बन्चरो प्रहार गरी कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का एक युवकले छिमेकीको हत्या गरेका छन्।

गएराति ४७ वर्षीय गोरखबहादुर खड्काले छिमेकी ४८ वर्षीय गोपाल कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोरखले गोपालकै घरमा गएर बन्चरो प्रहार गरेको जनाएको छ।

केही दिन अघि दुवै छिमेकीबीच सामान्य विवाद भएको थियो। शनिबार साँझ पन िविवाद भएको जनाएको छ। सामान्य विवादलाई लिएर गोरखले बन्चरोले घाँटीमा प्रहार गरेको स्थानीय वासिन्दाले बताए।

बन्चरोले प्रहार गरेपछि गोरख भागेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्