Kathmandu Press

बझाङमा पहिरोले १८ घर पुरिँदा ६ जनाको मृत्यु, एक अझै बेपत्ता (अपडेट)

बझाङ, असार २१ : बझाङको केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोले १८ घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अझै एक जना वेपत्ता रहेका छन।

....

बझाङमा पहिरोले १८ घर पुरिँदा ६ जनाको मृत्यु, एक अझै बेपत्ता (अपडेट)

बझाङ, असार २१ : बझाङको केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोले १८ घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अझै एक जना वेपत्ता रहेका छन।

राति गएको पहिरोमा पुरिएर मल्लेसी गाउँकी ४२ वर्षीया राममतीदेवी जेठारा, उनका छोराछोरी ११ वर्षीय प्रयाग र सात वर्षीया अस्मिता जेठाराको शव भेटिएको छ।

त्यहि गाउँकी १६ वर्षीया शान्ति जेठारा, ८१ वर्षीय दले जेठारा र १५ वर्षीय सन्तु जेठाराको पनि शव भेटिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।

पहिरोमा परि २२ वर्षीय गिरिजा जेठारा बेपत्ता भएका छन्। उनको आज पनि बिहानैदेखि खोजी भइरहेको उनले बताए। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै स्थानीय वासिन्दा पनि खटिएका छन्।

शनिबार बिहान २ बजेतिर गाउँमाथिबाट आएको पहिरोमा १८ घर पुरिएका थिए। पहिरोमा आउन सुरु गरेको थाहा पाएपछि स्थानीय वासिन्दा घर छोडेर भागेका थिए। जसले गर्दा धेरैको ज्यान जोगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले बताए।

पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गर्ने तयारी भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामसम्म राहत ल्याउन लागिएको जनाएको छ।

सदरमुकामबाट बोकेर पीडित परिवारसम्म पुर्याइने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। सदरमुकाम चैनपुरबाट मल्लेसी गाउँ पुग्न पाँच घन्टा हिड्नुपर्छ।

 

प्रकाशित मिति: १०:०० बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्