Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैं 

काठमाडौं, असार २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको कार....

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैं 

काठमाडौं, असार २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर, कोरोना नियन्त्रण/रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने छ । बैठकमा सरकारले संविधानको मर्म र भावना विपरीत विभिन्न विधेयक ल्याएको भन्दै सरकारको कदमविरुद्ध कसरी अघि बढ्ने विषयमा पनि छलफल भइरहेको छ।

यसअघि बुधबारका लागि तय भएको बैठक पार्टीकी नेतृ एवम् प्रतिनिधी सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि स्थगित भएको थियो। बैठक पार्टी केन्द्रिय कार्यलय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसले जनाएको छ। 

प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्