गण्डकी प्रदेशमा थपिए ३ जना नयाँ संक्रमित
काठमाडौं, असार २१ : गण्डकी प्रदेशका २ जिल्लामा तीन जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार तनहुँमा दुई ....

काठमाडौं, असार २१ : गण्डकी प्रदेशका २ जिल्लामा तीन जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार तनहुँमा दुई जना र वाग्लुङमा एक जनामा संक्रमण पुष्टि भएको हो । क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ आएको हो ।
तनहुँमा दुई संक्रमितमा व्यास न.पा. का ६ बर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ बर्षीय पुरुष रहेका छन् । यस्तै वाग्लुङको काठेखोला पालिकाका २४ बर्षीय पुरुष रहेका छन् ।
संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०९१ पुगेको छ ।
प्रकाशित मिति: ०७:११ बजे, आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











