भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड
काठमाडौं, असार २१ : भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै उच्च २४ हजार १५ जना संक्रमित भए....

काठमाडौं, असार २१ : भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै उच्च २४ हजार १५ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ ।
यस्तै एकै दिन ६१० जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार २७९ पुगेको छ ।
संक्रमितमध्ये ४ लाख ९ हजार ६२ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:४० बजे, आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










