मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले भने- अब एकै ठाउँ रहने सम्भावना न्यून छ
काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्री तथा राज्यमन्त्रीहरुसँगको परामर्श सकिएको छ। ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरु....

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्री तथा राज्यमन्त्रीहरुसँगको परामर्श सकिएको छ। ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएका थिए। प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई एकै ठाउँमा रहने सम्भावना न्यून रहेको बताएका छन्।
मन्त्रीहरुसँगको ब्रिफिङ अघि प्रधानमन्त्री ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। नेकपाको स्थायी कमिटी बैठक जारी रहेकै बेला पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। सबै शीर्ष नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको छ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई एकै ठाउँमा सम्भावना न्यून रहेको बताएपछि दोस्रो तहका नेताहरु एकता कायम गर्नका लागि छुट्टै छलफलमा जुटेका छन्। नेकपाका दोस्रो तहका नेताहरू कृषिमन्त्री घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, उर्जामन्त्री वर्षमान पुनलगायत छलफलमा जुटेको स्रोतको दाबी छ।










