राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा, मन्त्रीहरुलाई बालुवाटार बोलाइयो
काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्री ओली श....

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्। यद्यपी प्रधानमन्त्री कार्यालयले भने भेट नियमित भएको बताएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई शनिबार साँझ ७ बजे बालुवाटार बोलाएका छन्। एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।
तर, मन्त्रिपरिषद् बैठक हो वा अरु कुनै छलफलका लागि डाकिएको हो भन्नेबारे भने प्रष्ट पारिएको छैन। मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार आउन मात्रै भनिएको ती मन्त्रीले बताए।
सत्तासीन दल नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आएका छन्।
तर, ओलीले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्न नसक्ने बरु सबै खाले परिस्थितिको सामना गर्ने बताउँदै आएका छन्।










