कैलालीमा होम क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु
धनगढी, असार २० : कैलालीको गोदावरी नगरपालिका–१० मा होम क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।
होम क्वारेन्टाइनमा बस....

धनगढी, असार २० : कैलालीको गोदावरी नगरपालिका–१० मा होम क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।
होम क्वारेन्टाइनमा बसेकी ४८ वर्षीया महिलाको गएराति मृत्यु भएको हो। ती महिलामा प्यारालाइसिस र रक्तचापको समस्या रहेको थियो।
जेठ २६ गते भारतबाट फर्केकी ती महिला स्थानीय निकायको निगरानीमा होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। ती महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला धनगढी पठाइएको छ।
कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको काम गरिने वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले जानकारी दिए।
प्रकाशित मिति: १४:५५ बजे, शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










