Kathmandu Press

बझाङ पहिरो : बेपत्तामध्ये ६ जनाको शव भेटियो 

बझाङ, असार २० : बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरोमा परी बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ। 

पहिरोम....

बझाङ पहिरो : बेपत्तामध्ये ६ जनाको शव भेटियो 

बझाङ, असार २० : बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरोमा परी बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ। 

पहिरोमा परीमा पुरिँएर बेपत्ता भएकामध्ये ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा, ७ वर्षका प्रयाग जेठारा, १५ वर्षीय शान्ति जेठारा, १४ वर्षीय सन्तु जेठारा र ४६ वर्षीय रामकला जेठाराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएका अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गएराति अविरल वर्षासँगै आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।  केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताए। 

उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ। घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ। त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो। सो सडक पनि पहिरोले बगाएको छ।

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, असार २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्